खेलकुद

गण्डकी प्रदेशस्तरीय क्रिकेट मैदानको डिपिआर तयार

पोखरा–३३ पशुपतिघाटमा निर्माण गरिने प्रदेशस्तरीय क्रिकेट मैदानको विस्तृत परियोजना प्रतिवेदन तयार भएको छ । तयार भएको प्रतिवेदन सम्बन्धी केही दिन अघि मात्रै प्रदेश सरकार सामाजिक विकास मन्त्रालयमा छलफल गरिएको थियो । क्रिकेट मैदान बनाउने जग्गा सेती नदीले कटान गरेको छ । केही क्षेत्रफल कटान गरेपछि तयार पारिएको प्रतिवेदनलाई फेरी सुधार गर्नुपर्ने खाँचो सामाजिक विकास मन्त्रालयले औंल्याएको छ । प्रतिवेदनमा २० हजार दर्शक क्षमताको पवेलियन बनाउन सकिने उल्लेख छ । तर… पुरा पढौ

मुस्ताङको लोमान्थाङमा फुटबल मैदानसहितको खेलग्राम

हिमालपारीको जिल्ला मुस्ताङ अब खेलकुदको गन्तव्य बन्ने छ । रहस्यमयी माटोको शहरको रुपमा परिचित मुस्ताङको उपल्लो भाग ‘लोमान्थाङ’ अब खेलकुदको गन्तव्य बन्ने छ । लोमान्थाङमा खेलकुदको पूर्वाधार निर्माण शुरु गरिएको छ । ४ हजार ५० मिटरको उचाईमा रहेको लोमान्थाङ गाउँपालिकाको किमलिङ–६ मा फुटबल मैदानसहितको खेलकुद पूर्वाधार निर्माण शुरु गरिएको छ । गतवर्ष संघीय सरकारले उपलब्ध गराएको १ करोड रुपैयाँबाट फुटबल मैदान निर्माण शुरु गरिएको गण्डकी प्रदेश सदस्य इन्द्रधारा विष्टले जानकारी… पुरा पढौ

खेलकुदको दुर्दशा, दर्जनौं खेल प्रशिक्षक विहीन

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी पाएको पोखरामा दजनौं खेल प्रशिक्षक विहीन छन् । २०४० सालमा दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरेर इतिहास लेखाएको पोखराले फेरी ३७ वर्षपछि राष्ट्रिय खेलकुद प्रतियोगिता फर्किएको छ । घरेलु मैदानमा आयोजना हुने राष्ट्रिय खेलकुद प्रतियोगितामा नयाँ इतिहास कोर्ने लक्ष्य छ । लक्ष्य पुरा गराउने प्रशिक्षककै अभावमा यतिबेला पोखरा रुमलिएको छ । खेलकुद शहरबाट चिनिएको पोखराको खेलकुदको आवश्यक पूर्वाधार थपिदैं गएपनि प्रशिक्षक भने निवृत्तिभरण… पुरा पढौ

‘ताल टु ताल’ ट्रेल रेसको योजना

पोखरा र आसपासमा धेरै ट्रेल(गोरेटो) छन् । ती गोरेटो केही प्रचलनमा छन् । केही प्रचलनमै छैनन् । प्रचलनमा रहेकालाई संरक्षण र प्रचलनमा नरहेकालाई प्रवद्र्धन गर्ने अभियान पोखराकै युवा समूहले गर्दै आएको छ । समूहले टे«ल रेस सिरिजको नाम दिदैं संरक्षण र प्रवद्र्धन अभियानमा आफनो पाईलालाई वर्षेनी चलाउँदै आएको छ । तयारीकै संघारमा रहँदा कोभिड¬–१९ को महामारीले रोकियो टे«ल रेस । चैतको अन्तिम साता आयोजनासहित टे«ल रेस रोकिदाँ धावकहरुको गोडा एक्कासी… पुरा पढौ

पोखरा क्रिकेट मैदान स्तरोन्नति रोकियो

बैंकले ‘विड बोण्ड’ भेरिफिकेशन नदिदाँ पोखरा रंगशाला क्रिकेट मैदानको स्तरोन्नतिको काम अनिश्चित बनेको छ । राष्ट्रिय खेलकुद परिषदले पोखरा रंगशाला क्रिकेट मैदान स्तरोन्नित गर्न तीन करोड रुपैयाँ बजेटसहित टेण्डर आह्वान गरेको थियो । कोभिड–१९ कै महामारीको शुरुवाती समयमै आह्वान गरिएको टेण्डर तीन पटक म्याद थप गरेको थियो । दुई कम्पनीले अन्तिम समयमा चासो दिएको थियो । तर बैंकले भेरिफिकेशन नदिदाँ कम्पनीसँग परिषदले सम्झौता गर्न नसकेपछि पोखरा रंगशालाको क्रिकेट मैदान स्तरोन्नति… पुरा पढौ

फुटबल संघ कास्कीमाथिको छानविन टुंगिदै

अखिल नेपाल फुटबल संघ(एन्फा)ले झण्डै दश दिनको समय लगाएर कास्की जिल्ला फुटबल संघमाथिको छानविन टुग्याएको छ । छानविन समितिले आफनो सुझावसहितको राय रिपोर्टमा समावेश गरेपछि छानविनले विट मार्ने छ । दुईवर्षको सम्पूर्ण हिसाबकिताब हेर्ने गरी छानविन टोलीले छानविन शुरु गरेको थियो । तर बीचैमा छानविन समितिले मनकामना केवलबार पोखरा कप तथा फुटबल संघद्वारा सञ्चालित एकेडेमीको मात्रै आयव्यय विवरणको अनुसन्धान गरेको थियो । छानविन समितिले मनकामना केवलकार पोखरा कप, जिल्लास्तरीय लिगकम… पुरा पढौ

लिग च्याम्पियन क्लबले अझै पाएन पुरस्कार रकम

२०७६ साउको तेस्रो साता पोखरामा कास्की जिल्ला क्लबस्तरीय लिगकम नकाउट फुटबल प्रतियोगिता आयोजना गरियो । कास्की जिल्ला फुटबल संघको आयोजनामा सञ्चालित बलराम स्मृति लिगकम नकाउट फुटबल प्रतियोगिताको उपाधि लेखनाथस्थित आर्दश युवा क्लबले जित्यो । हेमजाको विष्णुपादुका युवा क्लब उपविजेता बन्यो । विजेता र उपविजेता बनेको वर्षदिन पुग्यो । वर्षदिनसम्म दुवै विजेता तथा उपविजेता क्लबद्वयले पुरस्कार स्वरुपको रकम प्राप्त गरेका छैनन् । वर्षदिनसम्मपनि पुरस्कार रकम नपाउँदा क्लबको फुटबल प्रतिको मोह घट्दै… पुरा पढौ

केशव पाठकलाई खेलकुद पत्रकारिता सम्मान

युवा तथा खेलकुद मन्त्रालयले पत्रकार केशव पाठकलाई खेलकुद पत्रकारिता सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ । पाठक साढे २ दशकदेखि खेलकुद पत्रकारितामा क्रियाशील छन् । संघीय मन्त्रालय अन्तर्गत युवा तथा खेलकुद मन्त्रालयले आफूलाई पुरस्कार लागि योग्य ठह¥याएकोमा आफूलाई खुसी लागेको भन्दै यो उनले यो सम्मान समग्र पोखरा क्षेत्रको सम्मान भएको पाठकले बताए । काठमाडौंमा सोमबार दिउँसो सिहंदबारस्थित मन्त्रालयमा आयोजित समारोहमा पत्रकार पाठकसहित देशभरका ४ जना पत्रकारलाई सम्मान गर्ने कार्यक्रम… पुरा पढौ

पोखरा रंगशालाको कभर्ड हल ‘होल्डिङ सेन्टर’

कोरोना भाइरस (कोभिड–१९)कै महामारीमा विदेशबाट फर्किने नेपालीको संख्या बढ्दै गएको छ । विदेशबाट आएका सर्वसाधारणलाई सुरक्षित रुपमा काठमाडौंबाट सम्बन्धित गृहजिल्ला पुग्न सहजताको लागि होल्डिङ सेन्टर स्थापित गरिएको छ । गण्डकी प्रदेश सरकारले पनि ११ जिल्लालाई लक्षित गर्दै पोखरा रंगशालालाई होल्डिङ सेन्टर बनाउने निर्णय गरेकोछ । गण्डकी प्रदेश सरकार, नेपाली सेना, नेपाल प्रहरी तथा खेलकुदका व्यक्तित्वहरुसँग छलफलबाट शनिबार पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हललाई होल्डिङ सेन्टर बनाउने निर्णय गरिएको छ । ‘… पुरा पढौ

खेलकुद पत्रकार मञ्च गण्डकीको अन्तर्क्रिया

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) गण्डकीले विश्व खेलकुद पत्रकार दिवसलाई कोभिड–१९ प्रभावबीच खेलकुद र पत्रकारिता विषयक अन्तक्र्रिया गरी मनाएको छ । पोखरामा बिहीबार आयोजित समारोहमा प्रमुख अतिथि गण्डकी प्रदेश विधायन समिति सभापति सांसद मोहन रेग्मीले राष्ट्रिय खेलकुद ऐन, २०७७ लागू भएसँगै खेलकुदमा नयाँ आयाम थपिएको बताए । उनले प्रदेशस्तरमा पनि विभिन्न ऐन निर्माण गर्नुपर्ने हुँदा मञ्चको सुझावलाई पनि मनन गरिने उल्लेख गरे । उनले खेलकुदको विकासमा खेलकुद पत्रकारको महत्वपूर्ण भूमिका… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं