ताजा समाचार

साहित्य

कविता : पोखरा तँसंग क्षतिपूर्ति लिनु छ

पोखरा तेरीमा कचौरे तँ संग अब, आधा जिन्दगिकोे क्षतिपूर्ति लिने बेला भएको छ गणितमा त, तैंले मलाइ झुक्याउनै सक्दैनस आधा जिन्दगीको साँवा ब्याज कति भयो थाहै होला तेरीमा कचौरे तेरै बिट वरिपरिबाट बाबाको स्वाभिमान आमाको माया सँगै विंया मिसिएको ढिकिमा कुटेको जेठाबुढो, पहेले, गुर्दी, मन्छराको चामल सँगै एक पाथी मासको दाल दिदि र भाउजुले जाँतोमा पिसेको एक वर्ष तेरो सरापले हो, कि त्यती राम्रो भएन पुरानो मस्यौरा अनि भट्टमासको पोको… पुरा पढौ

भलाद्मी भष्टाचार

हरिकृष्ण चिट्ठा पर्दाको साल शिक्षकमा स्थायी भएका थिए । उनले अपरिचितलाई परिचय दिदा दरिलो पाटिको के स भनि सगर्व प्रस्तुत हुन्थे । उनको भाषामा उनी समाजसेवी थिए । त्यसैले उनी विद्यालयमा वर्षको वढीमा असी दिन हाजिर हुन्थे । शिक्षा पुरस्कार धेरै चोटि थापि सकेका थिए । त्यसै ठाँउका एकजना डिलाराम नाम गरेका किसान थिए । उनी तरकारी उत्पादन गरि स्थानीय बजारमा बिक्री गर्दथे । अरुले तरकारीमा किरा हटाउने गर्दथे भने… पुरा पढौ

ब्यङ्ग्य कविता:बाबा तिमि गिद्ध कि सिद्ध?

हल्लिएन पात त्याे पक्कै नलाइकन हावा लाजै लाग्दा बापत कान्ड अनेक थरी बाबा नव बुद्ध,अघाेरी र सिद्ध अनेक थरी थरी थरी महिला कान्ड अहिले जगत भरि सिद्ध हाे कि गिद्ध हाे त्याे बाबा नाामधारी ? तुलसी माला बाेक्नि हातमा भक्तिनीका सारी ! अाश्रम हाे कि बेश्यालय कस्ताे खालकाे कार्य? बर्षाै देखि राशलिला कस्ताे बर्ह्मचार्य! काेहि भन्छ बाल बुद्ध काेहि भन्छ सिद्ध रामनामीकाे खाेल अाेडेर बस्या हुनकि गिद्ध! गेरुधारी बस्त्र अाेडि… पुरा पढौ

कविता : गाउँघरमा चुनाव

सरकार चुनाव नजिकै आइसक्यो अब भोट माग्न थुप्रै पाटिका नेताहरु मेरो गाउँ सम्म आउने छन् दुई दिनलाई भए पनि मेरो गाउँ सारै रमाइलो हुनेछ हो सरकार पहिले चुनाव हुँदा म कति रमाइलो मान्थे त्यति नै रमाइलो मेरा छोराछोरिले पनि मान्ने छन् गाउँका सबै बच्चाबच्चीहरुले पनि मान्ने छन् हो सरकार मेरो गाउँमा एक चोटि नेताहरुको रमाइलो मेला लाग्ने छ । भोट माग्न नेताहरु आउदा केटाकेटिहरु झुम्मिने छन् म जस्तै गरि मेरा… पुरा पढौ

मखमली कविताको संगालो

देशको सिमा भत्काएर बाढी पसेको थाहा पाउदैन छरपस्ट र असरल्ल छरिएका साधँहरु मिच्दै गतिवानहरुले धावा बोल्दै छन आफ्नै मुटुको परिसरमा आफ्नै आँगानको डिल भत्काएर पराइले माटो ओसारेको थाहा पाउदैन। ९ खेलाडी घोडाहरु, पेज न।३५० वास्तबमै यो समय यो कबिताको सान्दर्भिकता झन बढेर गरेको छ। साच्चै भन्ने हो भने देशमा एक प्रकारको विषम परिस्थिति सिर्जना भएको छ। हुन त देशले दशकौ अघि देखि कविताले सँकेत गरेको जस्तो परिस्थितिको सामना गर्दै आइ… पुरा पढौ

अमेरिकी आकाश नेपाली मनमाथि एक नजर

नेपाली गुँडबाट उडेर अमेरिकी जमिनमा चारो टिप्न आइपुगेका चराहरुको चिर्बिर नै यो पुस्तकको आवाज हो । केही नेपाली भाषी भुटानी श्रष्टा पनि यसमा नसमेटिएका होईनन । यहाँ स्थापित गीतकार ज्ञानेन्द्र गदालदेखि हामी सिकारुसम्म एकसाथ अटाएका छौं । साहित्यको लोकप्रिय बिधा गीत सहजै जनसाधारणमा पुग्ने र कालान्तर सम्म मुखमा झुण्डिने ल्याकत राख्छ । त्यही आकर्षणले शायद सडकदेखि दरबारसम्मका धेरैले गीतमा कलम चलाए ।गीतको गन्तव्य गायन हो । नगाइएका बखत कविता हो… पुरा पढौ

कविता : म ढाल हुँ यो देशको

पुर्खाले आर्ज्या देश यो बिभिन्न भाषा भेषको सिमाना टिष्टा कागडा उठायौ फेरि झगडा बिर्सेका छैनौ हामीले बँचेका चिसो पानीले बैरीका शिर काटेथ्यौँ एकता डोरी बाटेथियौँ खुकुरी खुँडा लिएर केवल पानी पिएर स्वच्छ छ हावा हिमाली पाइला बढ्छ अगाडि गर्दैनौँ जाइ कटक नमिच सयौं पटक पर्खाल सिमा लाउँछौ यो माटो कहाँ पाउछौ रु पाइला राख्यौ सुस्तामा मिलाउ यहीँ पुस्तामा कालापानी नि हाम्रो हो तिमीले बुझ्नु राम्रो हो ब्वाँसाको जस्तै ब्यहोरा फुकाली… पुरा पढौ

हेमजामा परिधि परिचर्चा

हेमजा साहित्य प्रतिष्ठानको नियमित शुभप्रभात काव्यमाला र कथाकार रीता ताम्राकारको चौथो कथाकृति अनाम परिधिको परिचर्चा शुक्रबार भएको छ । कृतिको लक्ष्मी थापाले परिचर्चा गरिन् । १ सय ९९ आंै शृंखलामा प्राज्ञ सूर्य खड्काले रचना प्रस्तुत गर्दै साहित्यले मानव जीवनलाई पूर्णता दिने बताए । कार्यक्रममा संस्थापक अध्यक्ष जनार्दनशरण त्रिपाठी, शोभाकर तिमिल्सिना, पत्रकार असफल गौतम, संस्थाका उपाध्यक्ष छन्दमणी त्रिपाठी लगायतले बोलेका थिए । काव्यमालामा आर्या त्रिपाठी, शिव त्रिपाठी, शास्त्र निदी, विष्णु बास्तोला,… पुरा पढौ

डा. साबका कविताहरु

झिनो आशमा अल्झिएको छ दिनसपना सगै रुमल्लिएको छ रातकयौ दिन अनि रात आगनबाट हराएगन्तब्य भुलेसगै बिथोलिएको छ साझ । यदी जिन्दगीमा आश नहुदो होनिद्रा आउँदा बास नहुदो होबाच्नको लागी छाती मात्रै चलेर कहाँ पुग्थ्यो र?भित्र बाहिर गरिरहने सास नहुदो हो । सपनाहरु कती आए अनि कती हराएकोहिले रातलाई एकोहोरो मन पराएमरेर गए कती त कती अझै बाचेकाछनकोहिले जिन्दगीलाई तहस नहस गराए । ******** लुकाएर हेरेकोथिए जिन्दगी उदाङ्ग पारेर पनि हेरिसकेछुजोडेर… पुरा पढौ

हाइकुको ऐतिहासिक संग्रह सम्बन्ध सूत्र सार्वजनिक

जापानी भाषामा लोकप्रिय हाइकुको लोकप्रियता नेपालमा पनि बढ्दो छ । यसको दरिलो प्रमाण हो ः सम्बन्ध सूत्र संयुक्त हाइकु सञ्चयन । पूर्वाञ्चल हाइकु संघले देश, विदेशमा रहेका १ सय १६ जना नेपाली हाइजिनका हाइकु समेटेर कृति प्रकाशन गरेका हो । तीला लेकाली, इरान राई, हेमसागर पोखरेल, इन्द्रसुर बेल्टारे, विष्णु न्यौपाने, दीपक सुवेदी र विन्दु दाहाल मूकदर्शकले कृति सम्पादन गरेका छन् । कृतिको मूल्य १ सय ७१ छ । शनिबार मोरङको… पुरा पढौ