ताजा समाचार

समाचार

प्रेस संगठन कस्कीमा माधव संयोजक, सन्देश सहसंयोजक

प्रेस संगठन नेपाल कास्कीमा संयोजक, सहसंयोजक र सदस्यको टुंगो लागेको छ । तत्कालीन प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालबीच एकता भई बनेको प्रेस संगठन नेपाल कास्कीमा संयोजक, सहसंयोजक सदस्यको टुंगो लगाएर प्रदेश कमिटीमा सिफारिस गरिएको हो । जिल्लाले पठाएको समिति प्रदेश कमिटीले अनुमोदन गर्ने प्रावधान छ । दुबै संगठनको बिहीबार भएको संयुक्त बैठकले एकता टुंग्याएको हो । प्रेस संगठन कास्की संयोजकमा साविक प्रेस चौतारी कास्की अध्यक्ष माधव बराल र… पुरा पढौ

भ्रमण वर्षलाई लक्षित गर्दै रारामा फोरजी सेवा

नेपालको सबैन्दा ठूलो ताल तथा कर्णाली प्रदेशको प्रमुख पर्यटकीयस्थलका रुपमा रहेको रारामा फोरजी सेवा सञ्चालन गरिएको छ । नेपाल टेलिकमको एक टोलीले रारा पुगेर फोरजी सेवा सञ्चालन गरेको हो । बिहीबारदेखि मुगुको रारामा फोरजी सेवा सञ्चालनमा ल्याइएको रारापुगेका नेपाल टेलिकमका वरिष्ठ इञ्जिनीयर प्रेमबहादुर क्षेत्रीले बताए । नेपाल टेलिकमका वरिष्ठ इञ्जिनीयर क्षेत्रीसहित चार जनाको टोली अहिले फोरजी सेवा सञ्चालन गर्न रारामै रहेको छ । उनले नेपाल भ्रमण वर्ष–२०२० लाई लक्षित गरेर… पुरा पढौ

स्कूल हिँडेकी १० वर्षीय बालिका बलात्कृत

गुल्मीमा १० वर्षीया बालिका स्कूल जाने क्रममा बलात्कृत भएकी छिन् । बिहीबार विद्यालय जान हिंडेकी बालिकालाई एक व्यक्तिले आफुले चलाउँदै आएको फर्निचरको गाडीमा राखेर स्कुल पुर्‍याई दिन्छु भन्दै अन्यत्रै लगेर बलात्कार गरी फकाउनका लागि ३० रुपैयाँ दिएको जिल्ला प्रहरी प्रहरी कार्यालयका प्रवक्ता डिएसपी मिनबहादुर घलेले जानकारी गराएका छन् । प्रहरीले बालिकाका बलात्कार गर्ने रुरु क्षेत्र गाउँपालिका(३ लोलङखोलाका गाडी चालक ४१ वर्षीय भोजबहादुर सार्कीलाई बिहीबार पक्राउ गरी आज अदालत उपस्थित गराएको… पुरा पढौ

सिद्धबाबालाई ७ दिन हिरासतमा राख्न आदेश

आफ्नै अनुयायी महिलालाई बलात्कारको आरोप लागेका बराहक्षेत्र चतराधामका धर्मगुरु कृष्णदास गिरी सिद्धबाबालाई थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। शुक्रबार जिल्ला अदालत सुनसरीले सिद्धबाबालाई थप सात दिन हिसातमा राखेर अनुसन्धान अगाडि बढाउन आदेश दिएको हो।पहिलोपटक सोमबार उनलाई चार दिन हिसातमा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको थियो। सो अवधिमा अनुसन्धान पूरा नभएपछि अदालतले दोस्रोपटक सात दिनको म्याद दिएकोहो । सुनसरी बाहिरकी एक अनुयायीले कात्तिक ४ गते आफूलाई बराहक्षेत्रस्थित… पुरा पढौ

मोटरसाइकल दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान घाइते

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–८, अरनिको राजमार्गस्थित त्रिपन्नकिलोमा बिहीबार मोटरसाइकल दुर्घटना हुँदा श्रीमती मृत्यु भएको छ भने श्रीमान् घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार दोलखा माइती गई घर धुलिखेलतर्फ फर्कने क्रममा प्रदेश नं ३–०२–००५प ९७८५ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका ४५ वर्षीया नीरमाया तामाङको उपचारका क्रममा धुलिखेल अस्पतालमा मुत्यु भएको हो। दुघर्टनामा परी घाइते भएका मृतकका श्रीमान ५० वर्षीय खुसीमान तामाङको… पुरा पढौ

चिर्पट प्रहार गरी आफ्नै दाजुको हत्या

भोजपुरमा आफ्नै दाईको हत्या गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर अरुण गाउपालिका-६ धाउखानिका १८ बर्षीय डिक बहादुर राई रहेका छन । मंसिर १६ गते मादक पदार्थ सेवन गरी दाजु भाई विच सामान्य बिबाद हुँदा रिशको आवेगमा भाईले दाजुलाई चिर्पटले टाउकोमा प्रहार गर्दा घाईते भएका ४० बर्षीय सुवास राईको बुधवार मृत्यु भएको थियो । पुरा पढौ

पाल्पामा जीप दुर्घटनाहुदा २ को मृत्यु

पाल्पामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु १ ज ४२०९ नम्बरको जीप तानसेन–बुटवल सडकखण्डको केराबारी र चौबिसमाइलको बीचमा भीरबाट खस्दा २ जनाको मृत्यु भएको हो । प्रत्यक्षदर्शीका अनुसार भीरमा दुईवटा शव देखिएको र गाडी टुक्रा–टुक्रा भएर ५ सय मिटरभन्दा तलसम्म पुगेको छ । प्रहरी टोली उद्धारमा खटिएकोले घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। पुरा पढौ

आफ्नै श्रीमानले आगो लगाएर हत्या गरेको आरोप

डोटी जिल्लाको शिखर नगरपालिकाकी एक युवतीको आगो लगाएर हत्या गरेको आरोप लागेको छ । जिल्लाको शिखर नगपालिका वडा नं ४ मुडभराकी २६ वर्षीया भावना भट्टको आगो लगाएर हत्या गरेको माइती पक्षले आरोप लगाएका हुन् । उनका परिवारकै सदस्यले पेट्रोलियम पदार्थ छर्किँदै आगो लगाएर हत्या गरेको भावनाका दाई शालिग्राम भट्टले आरोप लगाएका छन् । हत्यामा उहाँका श्रीमान् मीनराज शर्माकै संग्लनता रहेको भट्टको आरोप छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी… पुरा पढौ

मुस्ताङमा भारतीय नागरिकको मृत्यु

मुस्ताङमा बुधबार एक भारतीय नागरिकको मृत्यु भएको छ । भारतको छत्तिसगढको रायपुर बस्ने ६१ वर्षीया सरालु नाडुको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्थित जोमसोम बजारको एक होटलमा बास बसेको अवस्थामा उनको मृत्यु भएको हो । अत्यधिक उचाइका कारण मृत्यु भएको बताइएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पुरा पढौ

लाहुरेको पैसाले चुनाव जित्ने, गोर्खा भर्तीको विरोध गर्ने ?

धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर तिलक राइले कम्युनिस्टहरुले गोर्खा भर्तीको विरोध गर्नु लज्जास्पद भएको बताएका छन । गोर्खा भर्तीबाट अवकाश प्राप्त गरेका लाहुरेबाट पैसा र चन्दा लिएर चुनाव जित्नेले चुनाव जितेपछि यसको विरोध गर्नु लज्जास्पद भएको उनको टिप्पणी छ । बुधबार धरानको भेडेटारमा नेपाल फिजिकल ट्रेनिङ एसोसिएसनको आठौ वार्षिक साधारण सभामा मेयर राइले विभिन्न कालखण्डमा परिस्थिति र बाध्यताका कारण हाम्रा पुर्खा गोर्खामा भर्ना हुनुपरेको उल्लेख गरे । त्यस वेलाका सन्धि, सम्झौतालाई… पुरा पढौ