फुर्सद

‘सालको पात टपरी’को भ्युज ६ करोड, गलबन्दीको भ्युज ४ करोड

लोकदोहोरी गीत ‘सालको पातको टपरी’ युट्युबमा सार्वजनिक भएको आउँदो साता २३ महिना पुग्दैछ। यस बीचमा गीतको म्युजिक भिडियोले युट्युबमा छ करोड २१ लाख बढी ‘भ्यूज’ बटुलेको छ। सालको पातले पाएको भ्यूज लोकदोहोरी गीतमा हालसम्मकै सर्वाधिक हो। सार्वजनिक भएको छोटो अवधिमा धेरै हेरिएको लोकदोहोरीमा उक्त गीत दर्ज भएको छ। चार महिना नबित्दै युट्युबमा सालको पातले दुई करोड भ्यूज नाघेको थियो। यो गीतमा कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको मीठो स्वर छ। युवा… पुरा पढौ

गायिका अन्जु श्रेष्ठको ‘भेलबेटको चोली’ तिज गीत सार्वजनिक

Featured Video Play Icon
गायिका अन्जु श्रेष्ठको नयाँ तिज गीत सार्वजनिक भएको छ । 'भेलबेटको चोली' बोलको तिज गीत गायिका श्रेष्ठको आवाज र अभिनयमा भिडियो सहित सार्वजनिक भएको हो । गीतकार तथा पत्रकार सुष्मा देवकोटाको शब्द र राज सागरको संगीतमा रहेको यस गीतमा अविवाहित छोरीले बिबाह पछि आफ्नी आमा र बुवाको मनमा बित्ने नरमाईलोपन, बुहारी भित्रिएपछि भाईले आफुलाई गर्ने ब्यवहार परिवर्तन होला कि भन्ने पिर, राम्रो श्रीमान पाउनका लागि बसिएको बर्त जस्ता तिज संस्कृतिको… पुरा पढौ

गीतकार बालकृष्ण न्यौपाने र गायक प्रताप दासको ‘कम्मरमा पटुकी’ सार्वजनिक (भिडियो)

Featured Video Play Icon
गायक प्रताप दासको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । अमेरिका निवासी गीतकार गीतकार बालकृष्ण न्यौपानेको गीति एल्वम 'बिहानीको सितल'मा समाविष्ट 'कम्मरमा पटुकी' बोलको गीत भिडियो सहित सार्वजनिक भएको हो । सुनिल राईको संगीत रहेको गीतकार न्यौपानेको 'कम्मरमा पटुकी' गीतमा प्रेम र प्रकृतीको कलात्मक संयोजन रहेको छ । ग्रामिण भेगकी सरल युवतीको सौन्दर्य बर्णन रहेको गीतलाई दिपक गीरीले छायांकन गरेका हुन् । दुर्गा धिमाल न्यौपाने निर्माता रहेको भिडियोलाई निर्देशक… पुरा पढौ

१४ बर्षको उमेरमा गीत रेकर्ड देखी प्रवासी जीवन र हालको सफलता सम्मका गायक समिर आचार्य

बि सं २०४५ साल असोज ५ गते बुवा डा. गोविन्द आचार्य र आमा शिला आचार्यको सन्तानका रुपमा दाङमा जन्मिएका समिर आचार्य नेपाली सांगीतिक क्षेत्रका स्थापित गायक हुन् । नेपाली लोक साहित्यमा पहिलो विद्याबारिधी गरेका डा. गोविन्द आचार्यका छोरा हुन् समिर आचार्य । सांगीतिक पृष्टभुमी बोकेको परिवारमा जन्मेका उनले कक्षा ९ मा पढ्दाताका नै गणेश सुबेदीको रचना र आफ्नै बुवा गोविन्द आचार्यको संगीतमा रहेको 'ओठमा लाली' बोलको गीत रेकर्ड गराएर औपचारिक… पुरा पढौ

काजलले तयार गरिन साउन लक्षित फेशन

फेशन डिजाईनर काजल शर्मा यतीबेला साउनको फेशन डिजाईनमा व्यस्त छिन् । असारमा पाँच ओटा म्युजिक भिडियो र केही विवाह समारोहको लागि पहिरन तयार गरेकी काजलले साउन लागेसँगै महिलाहरुको लागि हरियो र पहँेलो रँगको विभिन्न पहिरन तयार गरेकी हुन् । तीन महिना भन्दा लामो समय लकडाउनका कारण घरमै बसेर समय बिताएकी कागजले लकडाउन खुकुलो भएसँगै ललितपुरको कुपन्डोल स्थित आफ्नो बुटिक ‘काजल क्रियसन’ खोलेकी हुन् । अभिनेत्रीहरु सारिका केसी, सगुन शाही ठकुरी… पुरा पढौ

जब नायक भुवन केसीले पहिलो भेटमा नै मलाई ‘तँ’ भने……

पछिल्लो समय चलचित्र क्षेत्रका दुई ठुला विवादले सिंगो नेपाली सामाजिक सञ्जाल र सञ्चार माध्यममा  प्रभाव जमायो । ‘दिपा-राजेश’ विवाद दिपा श्रीको अन्तरवार्तामा अभिब्यक्त राजेश हमालप्रतिको धारणा थियो भने ‘भुवन-सम्राज्ञी ‘ विवाद महिला कलाकारमाथीको दुव्र्यवहार थियो । संजोगले प्रत्यक्ष चिनजान र परिचय सहितको भेटघाट राजेश हमालसंग पनि मेरो एक पटक मात्र भएको छ र भुवन केसी संग पनि । यौनजन्य नियतको दुब्यवहार विवाद  भएकाले यस पटक म भुवन केसीसंगको भेटको अनुभव… पुरा पढौ

अम्बिकाले ल्याइन् मार्मिक तीजगीत

गायिका एवं साहित्यकार अम्बिका भण्डारीको नयाँ तीजगीत सार्वजनिक भएको छ । नमस्ते पोखरा ब्रोडकास्टिङ स्टुडियो प्रालिले निर्माण गरेको तीजगीत उही वनपाखामाको म्युजिक भिडियो नमस्ते पोखरा युट्युब च्यानलबाट बिहीबार सार्वजनिक भएको हो । अम्बिका भण्डारीकै शब्द, लय र स्वर रहेको यो गीतको एरेन्ज जुजु गुरुङले निर्माण गरेका हुन् । करुणा भण्डारी, सरिता सुवेदी, ज्योति सुवेदी लगायतको नृत्य रहेको म्युजिक भिडियो निर्मातामा गोपाल भण्डारी छन्। म्युजिक भिडियोमा प्रमिला तुलाचन, बुद्धिसागर खनाल, विमल… पुरा पढौ

प्रवासबाट छचल्कियो पलाँसको देशप्रेम (गीतको भिडियोसहित)

आफ्नो जमिन फिर्ता गरिछाड्ने बेला भयोसिमानामा देशको झन्डा गाढ्ने बेला भयो प्रवासमा रहेर पनि निरन्तर साहित्य सिर्जनामा क्रियाशिल शिव पलाँसको नयाँ गीत सार्वजनिक भएको छ । दक्षिणी छिमेकीले सदियौदेखि नेपालको पानी र जमिन कब्जा गरेको प्रतिक्रियामा यो गीत सिर्जना भएको देखिन्छ । यो गीतमा रमेश कडरियाको संगीत र स्वर छ । संगीत संयोजन नरेन्द्र बियोगीले गरेका छन् । रमेश कडरियालाई नवगायिका अनिता घिमिरेले साथ दिएकी छन् । कडरिया इन्टरटेनमेन्टमार्फत सार्वजनिक… पुरा पढौ

हरिदेवी कोइरालालाई गण्डकी नारी सम्मान

विश्वको पहिलो महिला क्लब लायन्स क्लब अफ पोखरा गण्डकीले लोक गायिका प्राज्ञ हरिदेवी कोइरालालाई गण्डकी नारी सम्मान –२०७७ बाट सम्मान गरेको छ । बन्दाबन्दीमा भर्चुअल प्रविधिको प्रयोग गरेर नगद २५ हजारसहित सम्मान गरिएको क्लबका अध्यक्ष हिरा भट्टराईले जानकारी दिइन् । “अहिलेको अवस्थामा जमघट गरेर कार्यक्रम गर्न सम्भव भएन, त्यसैले क्लबका सदस्य र लिडरहरुको भर्चुअल उपस्थितिमा सम्मान गरेका हौँ,” उनले भनिन् । क्लबले हरेक वर्ष विभिन्न क्षेत्रमा योगदान पु¥याएका महिलालाई नगदसहित… पुरा पढौ

नाम्लो : लकडाउनमा भरियाको कथा(फिल्मसहित)

विश्वव्यापी कोरोनाको महामारीपछि नेपालमा गरिएको लकडाउनका कारण समाजमा परेको प्रभावलाई चित्रण गर्दै नेत्र इन्टरटेनमेन्ट प्रालिले फरक फरक कथामा छोटो फिल्महरु निर्माण गरिरहेको छ । कम्पनीले आफ्नो पछिल्लो फिल्म ‘नाम्लो’ युट्युबमार्फत सार्वजनिक गरेको छ । यो फिल्ममा निर्देशक नेत्र गुरुङ र पाका कलाकार प्रकाश घिमिरेबीच ‘टिमअप’ भएको छ । पोखराका पछिल्ला छिमलका कलाकारहरुलाई लिएर उनले यसअगाडिका छोटा फिल्महरु निर्माण र निर्देशन गर्दै आएका थिए । लकडाउनपछि कम्पनीले निर्माण गरेको यो पाँचौ… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं