ताजा समाचार

शिक्षा

युनिप्सको हाजिरीजवाफ र शब्दखेल प्रतियोगिता

संस्थागत तथा निजी विद्यालय संगठन नेपाल (युनिप्स) ले अन्तरविद्यालय हाजिरीजवाफ एवं नेपाली शब्दखेल प्रतियोगिता आयोजना गर्यो । युनिप्समा आवद्ध विद्यालय प्रतियोगितामा सहभागी थिए । जसमा माध्यमिक तहस्तरीय हाजिरीजवाफ प्रतियोगितामा पोखरा–५ स्थित एकता आवासीय माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गरेको छ । सोही प्रतियोगितामा वेलनन एकेडेमी, स्माइल स्मल हेवन एकेडेमी र माउण्ट हेवन स्कूलले क्रमशः द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्यो । जसमा आधारभूत तह अर्थात कक्षा १ देखि ५… पुरा पढौ

जापान जाने श्रमिक सबै फेल !

वैदेशिक रोजगारीका लागि आकर्षण गन्तव्य मानिएको जापानमा पहिलो चरणमा नेपाली श्रमिक जान नपाउने भएका छन् ।  पहिलो चरणमा जापान फाउन्डेसनले लिएको नर्सिङ केयरगिभरको सीप परीक्षामा सबै अनुत्तीर्ण भएपछि जान नपाउने भएका हुन् । भाषा परीक्षामा भने एक जना पास भएका छन् । भाषा परीक्षामा १३ हजार नेपालीले आवेदन दिएका थिए भने ‘लक्की ड्र’मार्फत एक हजार जना छनोटमा परेका थिए । तीमध्ये पहिलो चरणको सामान्य भाषा परीक्षामा ५०९ जना छनोटमा ४९७… पुरा पढौ

पोखरामा प्रमोदलाई सम्मान

प्रमोद खरेल अहिलेका चर्चित गायक हुन् । उनी कुनै समय विश्वविद्यालयमा विज्ञान विषय अध्यापन गर्थे । विज्ञानका यी प्राध्यापकको स्वरले धेरैलाई लठ्याएको छ । सानैबाट संगीतमा रुचि रहेका खरेललाई चिनाउने गीत पनि पोखरासँगै सम्बन्धित थियो । मबिना कसै कसैलाई मुस्किल छ पोखरामा बाट उनी सर्वाधिक लोकप्रिय बने । त्यसपछि उनलाई पछाडि फर्कनुपरेको छैन । एक जमानाका यी प्राध्यापकलाई पुस ११ गते पोखराको एक स्कुलले सम्मान गर्दै छ । पोखरा १४… पुरा पढौ

त्रिभुवन विश्वविद्यालयको बेरुजु डरलाग्दो

त्रिभुवन विश्वविद्यालयको अहिलेसम्म १९ अर्ब ६५ करोड ३० लाख १२ हजार बेरुजु छ । त्रिविका रजिस्ट्रार डिल्लीराम उप्रेतीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७६÷७७ को बजेटमा विगत ४० वर्षदेखि त्रिविमा विभिन्न शीर्षकमा बेरुजु रहेको १९ अर्ब ६५ करोड ३० लाख १२ हजार उल्लेख छ । १२ अर्ब १२ करोड ७२ लाख ३१ हजार बेरुजु रहेकोमा २०७६ असार मसान्तसम्म १ अर्ब ४७ करोड ४२ लाख १९ हजार बेरुजु फर्छौट गरिएको छ ।… पुरा पढौ

नोभेल एकेडेमीको वार्षिकोत्सव कार्यक्रम जारी

पोखराको न्यूरोडस्थित नोभेल एकेडेमीको १८औं वार्षिकोत्सवको सप्ताहव्यापी कार्यक्रम जारी छ । मंसिर १० गतेदेखि शुरु भएको कार्यक्रम आज सोमबार सकिंदैछ । यस अवसरमा नोभेल इन्ट्रा सेमेष्टर हल्ट प्राइज कम्पिटिसन आयोजना भएको थियो । प्रतिस्पर्धामा ७ टिम सहभागी भएकोमा विविए प्रथम सेमेष्टरका मेधा खाती, योजना खड्का, निमिशा सुवेदी र ममता शर्मा प्रथम भए । यसैगरी एकेडेमी परिसरमा वृक्षरोपण, सरसफाई, पोखराको मानवसेवा आश्रममा स्वास्थ्य शिविर, औषधि वितरण र १०१ जनालाई भाजना दान… पुरा पढौ

१४१ शिक्षक एकैपटक जागिरबाट निकालिए

प्राथमिक तहमा शिक्षक सेवा आयोगबाट उत्तीर्ण भएर नयाँ शिक्षक आएपछि पाल्पा जिल्लामा कार्यरत १ सय ४१ शिक्षक एकै पटक निकालिएका छन् । बिहीबार शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय पाल्पाले पुराना शिक्षक विस्थापन गरी २ सय ६३ नयाँ शिक्षक नियुक्ति गरेको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख रमेशराज पौडेलले बताएका छन् । ‘१४१ जना पुराना शिक्षक विस्थापित भएका छन् भने कार्यरतमध्ये ५५ जना शिक्षक सेवा दरबन्दीमा नाम निकाल्न सफल भएको… पुरा पढौ

कास्कीका २९ विद्यालयमा ३ दिन सार्वजनिक बिदा

कास्की क्षेत्र नं २ मा आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा मतदान केन्द्र तोकिएका विद्यालयमा तीन दिन सार्वजनिक बिदा दिइएको छ । पोखरा महानगरपालिकाले मतदान केन्द्र तोकिएका महानगरका ११ वडाका २९ विद्यालयमा मंसिर १२ देखि १४ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको हो । महानगर शैक्षिक प्रशासन महाशाखाका प्रमुख गंगाबहादुर गुरुङले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अनुरोधबमोजिम सार्वजनिक बिदा दिने निर्णय गरिएको बताए । बिदाको समयमा विद्यालयमा… पुरा पढौ

सेन्ट मेरिजका विद्यार्थीको अमेरिका भ्रमण

सेन्टमेरिज मावि पोखरा १५ नयाँगाउँका विद्यार्थीहरु अमेरिकाको शैक्षिक भ्रमण गरी फर्किएका छन् । कक्षा ८ देखि १० सम्मका ४५ जना विद्यार्थी र ५ शिक्षक भ्रमणमा सहभागी थिए । विद्यालय व्यवस्थापक आशा सिजको नेतृत्वमा गएको टोली नासाको प्रयोगशाला र बोस्टन, न्युयोर्क, न्युजर्सी लगायतका सहर र हावर्ड विश्वविद्यालय र एमआटी विश्वविद्यालय अवलोकन गरेका थिए । दसैतिहार बिदामा करिब २ हप्ता टोलीले अमेरिका भ्रमण गरेको हो । पुरा पढौ

त्रिविविको उपकुलपतिमा धर्मकान्त बाँस्कोटा नियुक्त

सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा धर्मकान्त बाँस्कोटालाई नियुक्त गरेको छ । नेपाल मेडिकल काउन्सिलका अध्यक्ष भइसकेका बाँस्कोटालाई शिक्षामन्त्री गिरिराजमणि पोखरेल नेतृत्वको छनोट समितिले त्रिविको उपकूलपतिमा दोस्रो नम्बरमा सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार त्रिविको १९ औं उपकुलपतिमा बाँस्कोटालाई नियुक्त गर्ने निर्णय गरेका हुन् । मन्त्री पोखरेल नेतृत्वको समितिले त्रिवि उपकुलपतिमा सिफारिस गरेका डा.भगवान कोइरालालाई आइतबार बसेको मन्त्रिपरिषद बैठकले मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त गरेपछि बाँस्कोटालाई त्रिविको… पुरा पढौ

भगवान कोइराला मेडिकल काउन्सिल अध्यक्ष

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठक सकिएको छ। मन्त्रिपरिषद् बैठक झन्डै डेढ घन्टासम्म बसेको थियो। ‘प्रधानमन्त्रीजी पूरै समय बैठकमा बस्नुभयो,’ बैठकपछि एक मन्त्रीले सेतोपाटीसँग भने। गत बुधबार प्रधानमन्त्री ओली मिर्गौलाको डायलासिसका लागि ग्रान्डी इन्टरनेसनल अस्पताल गएपछि आज पहिलो पटक मन्त्रिपरिषद् बैठक बसेको हो। यसअघि प्रधानमन्त्री ओलीले मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा गएर फोक्सोको एक्सरे गरेका थिए।   आजको मन्त्रिपरिषद् बैठकले डाक्टर भगवान कोइरालालाई नेपाल मेडिकल काउन्सिलको अध्यक्ष बनाउने निर्णय… पुरा पढौ