ताजा समाचार

अर्थ, वाणिज्य

अंग्रेजी नयाँ वर्षमा पोखरा सडक महोत्सव

रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान) पोखराले आयोजना गर्ने यसपालिको पोखरा सडक महोत्सव पुस १२ देखि १६ गते हुने भएको छ । अंग्रेजी नयाँ वर्षको अवसरमा हुँदै आएको महोत्सवको यो २१ औं संस्करण हो । यसपालि महोत्सवलाई अझ विशेष बनाउन रेबान जुटेको कार्यक्रम संयोजकसमेत रहेका संस्थाका प्रथम उपाध्यक्ष लक्ष्मण बरालले बताए । भिजिट वर्ष २०२० लक्ष्य गरी महोत्सवलाई अझ विशेष बनाउन र स्वदेशी र विदेशी पर्यटकलाई थप मनोरञ्जन दिलाउनेबारे छलफल भइरहेको… पुरा पढौ

नेपालमा लगानी गर्न तिब्बत सरकारलाई आग्रह

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशमा लगानीको लागि तिब्बतका रिपब्लिक चेयरमेन क्विजहारालाई आग्रह गरेका छन् । ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानलाई साकार पार्न चीन सरकारको सहयोग आवश्यक रहेको उनको भनाइ छ । उनले नेपाल १ चीन नीतिप्रति प्रतिवद्ध रहेको जनाए । चीनका विरुद्धमा कुनै पनि गतिविधि हुन नदिन दृढ संकल्पित रहेको उनले प्रष्ट्याए । गण्डकी प्रदेशको आमन्त्रणमा २ दिनको पोखरा भ्रमणमा आएका चीनको स्वायत्त प्रान्त तिब्बतका रिपब्लिक चेयरमेन क्विजहाराको… पुरा पढौ

सांसद आशा कोइरालाले छानिन् योजना

सांसद आशा कोइरालाले निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमका योजना र बजेट सार्वजनिक गरेकी छन् । तनहुँ २ (क) मा शुक्लागण्डकी नगरपालिका, व्यास नगरपालिकाका २ वटा वडा र म्याग्दे गाउँपालिका पर्छन् । उनले २५ वटा योजना छनोट गरेकी छन् । बजेटले सडक, भवन, शिक्षा र शवदहन गृह निर्माणलाई प्राथमिकता दिएको छ । शुक्लागण्डकीका १०, व्यासका ४ र म्याग्देका ११ वटा योजना छनोट गरेको सांसद कोइरालाले जानकारी दिइन् । सबैभन्दा बढी बजेट भृगु… पुरा पढौ

१ किलो सुनसहित बिमानस्थलबाट पक्राउ

एक किलो सुनसहित चिनियाँ नागरिक पक्राउ परेका छन् । राहदानी नम्बर ईआई ७९९७८८२ वाहक चिनियाँ नागरिक २२ वर्षीय सा लुतुईलाई मलद्वारभित्र ४ वटा टुक्रामा लुकाइ ल्याएको एक किलो सुन सहित शुक्रबार राति त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो । तिब्बत एयरको उडानद्धारा चीनबाट काठमाडौं आएका उनको साथबाट बरामद गरिएको सुनसहित नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। पुरा पढौ

१६ जिल्लामा चर्चको ७२ करोड लगानी

डेनमार्कको एक चर्चको संयोजनमा काठमाडौं उपत्यकासहित १६ जिल्लामा जलवायु परिवर्तन अनुकूल निर्माण सामाग्री उत्पादनका लागि ७२ करोड लगानी हुन लागेको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरण कार्यकारी समितिको १२२ औं बैठकले डनचर्च एड नामक संस्थाको निजी आवास निर्माणमा जलवायु परिवर्तन अनुकूल निर्माण सामाग्रीको उत्पादन र उपभोग गर्ने तथा बढाउनेसम्बन्धी प्रस्ताव पारित गरेको हो । परियोजनाको अवधि २४ डिसेम्बर २०२० सम्म तोकिएको छ । परियोजना काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, मकवानपुर, लमजुङ, गोरखा,… पुरा पढौ

मध्य रातमा आठ किलो सुनसहित दुई पक्राउ

आठ किलो सुनसहित त्रिभुवन विमानस्थलबाट दुई चिनियाँ नागरिक काठमाडौंबाट पक्राउ परेका छन् । गए राति त्रिभुवन विमानस्थलबाट दुई जना चिनियाँ नागरिकलाई आठ किलो सुनसहित समातिएको विमानस्थल प्रहरीले जानकारी दिएको छ । नेपाल एयरलाइन्सको विमानमार्फत् हङकङबाट नेपाल आएका उनीहरु विमानस्थल भन्सारमा चेकजाँचको क्रममा पक्राउ परेका डीआईजी सूर्य उपाध्यायले जानकारी दिएका छन् । अनुसन्धान जारी रहेकाले बाँकी विवरण पछि उपलब्ध गराइने प्रहरीले जनाएको छ । तर, नेपाल सुन ल्याउनका लागि उनीहरुले रातको… पुरा पढौ

सुनको मुल्यमा गिरावट

आज बिहिबार सुनको मुल्यमा सामान्य गिरावट आएको छ । बुधबार प्रतितोला ७१ हजार २ सय रुपैंयामा कारोवार भएको सुनको भाउ आज २ सयले घटेर प्रतीतोला ७१ हजार रुपैंयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजाबी सुनको मूल्य पनि घटेको छ । आज तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घट्दै ८ सय ५० रुपैयाँमा… पुरा पढौ

सुनको मूल्यमा सामान्य गिरावत

बिहीबार तोलाको ७२ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ केहि ओरालो लागेको छ । शुक्रबार ३ सयले घटेर सुन तोलाको ७१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी महासंघले जनाएको छ । स्थानीय बजारमा सुनको मूल्य घटे पनि चाँदीको मूल्य भने स्थिर छ । आज प्रतितोला चाँदीको मूल्य ८६० रुपपैयाँ कायम गरिएको महासंघले जनाएको छ । पुरा पढौ

महँगियो सुनःआज कति छ मूल्य ?

मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । सोमबार तोलामा ७१ हजार ६ सयमा कारोवार भएको छापावाल सुन आज ४ सयले बढेर प्रतितोला ७२ हजार रुपैंयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । त्यस्तै, सोमबार प्रतितोला ७१ हजार ३ सय रुपैंयामा कारोवार भएको तेजावी सुन आज ४ सयले बढेर ७१ हजार ७ सय रुपैंयामा कारोवार भइरहेको छ । चाँदी आज १० रुपैंयाले बढेर प्रतीतोला ८ सय ६० रुपैंयामा… पुरा पढौ

स्वाभिमान सहकारीको साधारणसभा

स्वाभिमान सहकारी संस्था लिमिटेडको दोस्रो वार्षिक साधारणसभा शनिबार भएको छ । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले सहकारीको विकासले आर्थिक समृद्धिमा टेवा पुगेको बताए । सहकारीले महानगरवासीको जीवनस्तर उकास्न सहयोग गरेको जनाए । पोखरा १७ का अध्यक्ष तीर्थराज अधिकारीले स्वाभिमान सहकारीले अन्य सहकारीभन्दा फरक पहिचान बनाएको उल्लेख गरे । उनले सहकारी सहकार्यकै अर्काे नाम भएकाले सहकार्य, समृद्धि र उन्नतिको सपना देख्न आग्रह गरे । क्षत्री महिला समाजका अध्यक्ष उर्मिला खड्का भण्डारीले… पुरा पढौ