बन्दुकधारी बाट लुतिए बैंकका कर्मचारी

बारामा मङगलबार बिहान निर्धन उत्थान बैंकका एक कर्मचारी लुटिएका छन्।

बाराको प्रसौनीस्थित जीवन खड्का, फेटा गाउँपालिका–२ जगतपुर टोलमा रकम संकलन गर्न गएका उनी लुटिएका हुन् । भारतीय नम्बरको मोटरसाइकलमा आएका दुई जनाले गोली फायर गर्दै खड्काको साथमा रहेको ६ लाख रुपैयाँ लुटेर फरार भएका हुन् ।

हतियारसहित आएका बन्दुकधारीले एक राउण्ड फायरिङ गरेर खड्काको साथमा रहेको ६ लाख रुपैयाँ लुटेर भारततर्फ भागेको बाराका प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिएका छन् ।
लुटेराको खोजीका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको बाराका प्रहरीले जानकारी दिएको छ।