ताजा समाचार

कार्तिक २६ गते २०७६

रौतहटको प्रहरी चौकीमा बम बिस्फोट

रौतहटको नशनाथ नगरपालिकाको मठियामा रहेको प्रहरी चौकीमा बम प्रहार भएको छ ।

बम प्रहारबाट एक प्रहरी जवान घाइते भएका छन् । घाइते जवानको अवस्था सामान्य रहेको बताइएको छ । उनलाई उपचारका लागि गौर लाने तयारी भएको प्रहरीले बताएको छ ।

रौतहट प्रहरीका प्रवक्ता डीएसपी नवीन कार्कीले जिल्लाबाट प्रहरी टोली घटनास्थलमा खटिएको बताएका छन्। उनका अनुसार भारतीय सीमामा रहेको उक्त चौकीमा कनिष्ठ प्रहरी अधिकारीको कमाण्डमा सातजना कार्यरत थिए।

बिस्फोटमा संलग्न एक जना भारतीय नागरिक र उनी सवार मोटरसाइकललाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।