ताजा समाचार

कार्तिक २६ गते २०७६

बंगलादेशका राष्ट्रपति काठमाडौंमा

नेपालको चार–दिने सद्भावना भ्रमणका क्रममा बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिद काठमाडौं आइपुगेका छन्।

उनी विमान बंगलाको नियमित उडानबाट मंगलबार मध्यान्‍न काठमाडौं आइपुगेका हुन्।

राष्ट्रपति भण्डारीको निमन्त्रणामा ५२–सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आएका हमिदलाइ विमानस्थलमा राष्ट्रपति भण्डारीले स्वागत गरेकी छिन् ।

दशकपछि यो स्तरको द्विपक्षीय भ्रमण हुन लागेको हो।सार्क स्थापना र नेपालले आयोजना गरेको सन् १९८७ को तेस्रो शिखर सम्मेलनमा पनि यस्तै भ्रमण भएको थियो। त्यसलाई द्विपक्षीय भनिँदैन। बंगलादेशका तत्कालीन राष्ट्रपति हुसेन मोहम्मद अर्सदले २०४५ असोज १६ मा नेपाल भ्रमण गरेका थिए।