ताजा समाचार

कार्तिक २६ गते २०७६

दुईवटा रेल आपसमा ठोक्किदा १५ को मृत्यु

बंगलादेशको ब्रह्माणबाडिया जिल्लामा दुई रेल एक आपसमा ठोक्किदा कम्तिमा १५ जनाको मृत्यु भएको छ ।मिडिया रिपोर्टका अनुसार सोही घटनामा परी दर्जनौं घाइते भएका छन् भने केहीको अवस्था गम्भीर छ ।

गएराती राति २ बजेर १५ मिनेटमा चट्गाव जाने उदय एक्सप्रेस र चट्गावबाट ढाका जाने टुर्ना निशिता एक आपसमा ठोकिएका थिए ।घाइते मध्ये २८ जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।