ताजा समाचार

कार्तिक २५ गते २०७६

महिला भलिबलमा नेपालको लगातार दोस्रो जित

बंगलादेशमा भएको एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित हात पारेको छ।

दोस्रो खेलमा नेपालले सोमबार किर्गिस्तानमाथि ३–० को जित हात पार्यो। यसअघि नेपालले अफगानिस्तानमाथि ३–० कै सोझो जित निकालेको थियो। ढाका मिरपुरस्थित शहिद शुरवार्दी इन्डोर हलमा भएको खेलमा नेपालले किर्गिस्तानलाई पहिलो सेटमा २५–१५, दोस्रो सेटमा २५–१९ र तेस्रो सेटमा २५– २० ले पराजित गरेको हो ।

जितसँगै नेपालले दुई खेलबाट ६ अंक जोडेको छ। पराजित किर्गिस्तानको १ अंक छ। राउण्ड रोबिन लिगका आधारमा सञ्चालन भइरहेको च्याम्पियनसीपमा नेपालले २६ कात्तिकमा बंगलादेश र २७ कात्तिकमा माल्दिभ्ससँग प्रतिष्पर्धा गर्ने छ।

प्रतियोगितामा नेपालसहित घरेलु टोली बंगलादेश, माल्दिभ्स, अफगानिस्तान र कीर्गिस्तानले प्रतिस्पर्धा गर्दैछन्।